काठमाडौँ । राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता अनुसार काम हुन नसकेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिविद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाएका हुन् । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकि भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ ।’
कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको अडियो सार्वजनिक भइसकेपछि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राखेको उनले बताए । गुप्ताले आरोप लागेसँगै राजीनामा दिइसकेका छन् ।
तर, अर्को मन्त्री समेत आरोपित रहेको उनले बताए । ‘‘ अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइन छ कि छैन थाहा छैन’, सांसद आलेले भने । कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको आरोप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि लागेको छ । तर, सार्वजनिक अडियो मन्त्री अधिकारीले स्विकारेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन