सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ : गगन थापा

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १४ : ३६
सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ : गगन थापा

चितवन । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सङ्घीयता चलाउन सुझबुझ चाहिने बताउनुभएको छ । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । 

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।” 

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोल्नु भएको थियो । सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस