काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
त्यस्तै राष्ट्रपति पौडेलले संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ती पदहरूमा नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट