कर्णाली प्रदेश : योजना आयोगका पदाधिकारीले लिए सपथ

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १८ : ४८
कर्णाली प्रदेश : योजना आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले सपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ गराउनुभएको हो ।

मुख्यमन्त्री शाहीवाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, साँसदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सपथ ग्रहणपछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफुहरु पञ्चवर्षिय योजना निर्माणमा लाग्ने वताउनुभयो । ‘अव तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र रसमृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं ।’ उपाध्यक्ष रेग्मीले भन्नुभयो– ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि वढ्छौं ।’

उपाध्यक्ष रेग्मीले चालु आवको वजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत गर्दै आव २०७६/७७ को एकवर्षिय योजना निर्माणमा पनि आयोग लाग्ने वताउनुभयो । उहाँले पुजींगत वजेट खर्च हुन नसक्ने अवस्था रहेको वताउदै आयोगको क्षेत्राधिकार भित्र रहेर अनुगमणको कामलाई पनि प्रभावकारी रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसै विच योजना आयोगका पदाधिकारीहरुले आजै पदवहाली गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा.पुण्य रेग्मी, सदस्यद्धय डा. दिपेन्द्र रोकाय र योगेन्द्र शाहीले पदवहाली गर्नुभएको हो ।

उपाध्यक्ष रेग्मीले पदवहालीसंगै कर्णाली प्रदेशको विकास मोडेल तयार गर्न कर्णाली प्रदेश प्रोफाईल निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
पदवहालीका लागि पुगेका आयोगका पदाधिकारीहरुलाई प्रदेश योजना आयोगका सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस