हेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।
सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
हेटौँडामा आयोजित विशेष समारोहमार्फत बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उक्त प्रणालीको उद्घाटन गरेका हुन् । उक्त क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ । नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातमाटे (मकवानपुर) जस्ता संवेदनशील स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उनले विश्वास व्यक्त गरे ।
प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ भने विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द हुन नदिन युपिएस प्रणाली समेत जडान गरिएको उनको भनाइ छ ।
सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर ठेक्का प्राप्त उक्त प्रणाली खरिद गरिएको उनले बताए । २०८२ जेठ १० गते सम्झौता गरिएको उक्त ठेक्का असार मसान्तभित्र सक्ने गरी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै