काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमि मन्त्रीलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए । प्रश्न उठेका मन्त्रीहरूलाई कारबाही गरिनुपर्ने माग राखे ।
‘गृहमन्त्री रमेश लेखक, भूमिसुधार मन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्,’उनले भने ।
भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन । पछिल्लो समय मन्त्री गुप्ताको घुस डिल गरेको भन्दै उनको स्वरसँग मिल्दो अडियो सार्वजनिक भएको छ । त्यसपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत