राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

सफल खबर संवाददाता

विहीबार, २६ असार २०८२, ०९ : ०९
राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

File Photo

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट  खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षिय मानसिंह धामी, ६९ वर्षिय लील बहादुर खत्री र ५० वर्षिय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस