काठमाडौँ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति प्रा. डा. अर्यालले शपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए।
कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट प्रा. डा. अर्याललाई आज नियुक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १८ : ५७
लेखकबाट थप