काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दुर्घटनामा परेका सर्लाहीको हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
बा।प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले बा।प्र।–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उपचारको क्रममा योञ्जनको मृत्यु भएको हो ।
माइक्रो चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु