काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दुर्घटनामा परेका सर्लाहीको हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
बा।प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले बा।प्र।–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उपचारको क्रममा योञ्जनको मृत्यु भएको हो ।
माइक्रो चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु