काठमाडौँ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
महाशाखाले जारी गरेको प्रतिवेदनअनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रतर्फबाट एक्कासि ठूलो बाढी आएको देखिएको छ। तर उपलब्ध विवरणहरूको विश्लेषण गर्दा केवल वर्षाका कारण यति ठूलो बाढी आएको प्रमाणित नदेखिएको महाशाखाले जनाएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘‘तिब्बत क्षेत्रतर्फबाट आएको पानीको मात्रा असामान्य देखिएको छ। घटनाको थप विस्तृत अध्ययन भइरहेको छ।’’ महाशाखाले हाल घटनास्थलको स्थलगत अवलोकन गरी थप तथ्य संकलन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १३ : ०८
लेखकबाट थप