रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोसी नदीको बाढीमा १८ जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।
प्रहरीले मंगलबार बिहान सूचना जारी गरी ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएको हो।
तर अहिलेसम्म उनीहरूको पहिचान खुलाइएको छैन। रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, ०९ : १९
लेखकबाट थप