काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सरकारलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता–कार्यकर्ताहरूलाई पनि त्यस कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत महत्त्वपूर्ण संरचनामा पुगेको गम्भीर क्षतिप्रति अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'बाढीले भएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु।'
उनले प्राकृतिक विपद्को यो विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गरेका छन्। साथै, अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले सरकारलाई उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न पनि सुझाएका छन्।
उनले यो संकटको घडीमा सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई एकजुट भएर कार्य गर्न अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड