काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सरकारलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता–कार्यकर्ताहरूलाई पनि त्यस कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत महत्त्वपूर्ण संरचनामा पुगेको गम्भीर क्षतिप्रति अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'बाढीले भएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु।'
उनले प्राकृतिक विपद्को यो विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गरेका छन्। साथै, अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले सरकारलाई उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न पनि सुझाएका छन्।
उनले यो संकटको घडीमा सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई एकजुट भएर कार्य गर्न अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड