कांग्रेसले सच्यायो समानुपातिक सूची, क-कसको समानुपातिक सांसद पद ‘खोसियो’ ?

विहीबार, २० पुस २०७४, १० : ३६
कांग्रेसले सच्यायो समानुपातिक सूची, क-कसको समानुपातिक सांसद पद ‘खोसियो’ ?

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको छ ।

क्रमागत रुपमा नाम नमिलेको, दलित उमेदवारको नाम नै छुटाएको भन्दै निर्वाचन आयोगले तीनदिनअघि बुझाएको सूची सच्याएको हो । कांग्रेसले यसअघि प्रदेश नम्बर १ मा पठाएको सीतादेवी पौडेलको नाम झिकेर शान्त पौडेलको नाम थप गरेको छ भने दलिततर्फ टेकचन्द्र विश्वासलाई हटाएर कल्पना कुमारी सरदारलाई पठाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ मा महिला जनजाती कोटामा शोभाकुमारी लामाको नाम थपेको छ भने प्रदेश नम्बर ५ मा सूर्यमती उपाध्यायको नाम झिकेर शान्तिदेवी बर्माको थप गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस