वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।
भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए ।
‘भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ’, सूचना अधिकारी सिंहले भने, ‘सोही अवधिमा बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि
मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
भन्सार छलीको सामानसहित युवक पक्राउ
पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद