काठमाडौँ । सांसद भगवती चौधरी आइकोनिक वुमन अवार्डबाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय महिला संसदले युएईमा आयोजित विशेष समारोहमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मान गरेको हो ।
महिला अधिकारका विषयहरूलाई सदन र महिलाका समुदाय माझ प्रभावकारी रूपमा उठाउँदै लाखौँ महिलाहरूलाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको हो ।
अन्तर्राष्ट्रिय महिला संसद एक प्रतिष्ठित विश्वव्यापी मञ्च हो, जसले ५० भन्दा बढी देशका विशिष्ट नेताहरू, नीतिनिर्माताहरू, उद्यमीहरू र दूरगामी सोच र लक्ष्य भएका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै, संवाद प्रवर्धन, महिलाहरूको सशक्तीकरण र समावेशी तथा प्रगतिशील भविष्यको मार्ग प्रशस्त गर्न सक्रिय रहेको छ ।
प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा तथा अन्र्तराष्ट्रिय महिला संसद्की अध्यक्ष मनिता घिमिरेले आइकोनिक वुमन अवार्डबाट सम्मान गरेकि हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनु पर्छ : पूर्वमन्त्री चौधरी
मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी