कुलिङ पिरियड विवाद

कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १२ : ५१
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड

काठमाडौँ । निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधान राख्दा गलत अर्थ लाग्ने शब्द थपिएको विषयमा सभामुख देवराज घिमिरेले छानबिनसहित विधेयक सच्याउनुपर्ने अडान लिएका छन्।

मंगलबार सिंहदरवारमा विभिन्न दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले यो त्रुटि भएको भन्दै सच्याउनुपर्ने बताए। उनका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले त्रुटिको प्रक्रिया र स्थान पत्ता लगाउन छानबिन गर्ने र विधेयक सच्याउने बताएका छन्।

यो विषयलाई टुंग्याउन सभामुख घिमिरेले संसद् सचिवालयका महासचिव, सचिवलगायतसँग छलफल गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस