काठमाडौँ । राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।
त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ।
सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी