काठमाडौँ । असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो।
तर महासंघका अनुसार तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशंकीत र आक्रोशित बनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयकबारे एमालेलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र
शिक्षा विधेयक असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा
सरकारले चाहे केही दिनमै पास हुन्छ शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकका ९१ वटा दफामा जुट्यो सहमति