एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार आत्मघाती आक्रमण हुँदा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पाकिस्तानी सेनाकाे इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) अनुसार शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा बम डिस्पोजल युनिटको माइन-रेजिस्टेन्ट एम्बुस प्रोटेक्टेड (एमआरएपी) गाडीमा एक आत्मघाती बम हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोकाएको हो।
घटनामा परी घाइते भएका २४ जनामा महिला र बालबालिकासहित १४ जना सर्वसाधारण छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
आईएसपीआरका अनुसार घटनापछि सुरक्षा बलको कारबाहीमा १४ आतंककारी पनि मारिएका छन्।
आत्मघाती आक्रमणको जिम्मेवारी हाफिज गुलबहादुर समूहको उपगुट उसुद अल-हर्बले लिएको छ। यो घटनालाई हालैका महिनामा उत्तरी वजिरिस्तानमा भएको सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
इरानमा रातभर इजरायली हमला
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला