एजेन्सी । इजरायलले सोमबार राति इरानको राजधानी तेहरानमा भारी आक्रमण गरेको छ । तेहरानका एक बासिन्दाले सहरका मानिसहरूले निद्रा बिना अर्को रात बिताएको बताए । रातभरि ठुलो विस्फोटको आवाज सुनेको मानिसहरूले बताएका छन् ।
यसअघि इजरायलले सहरका विभिन्न क्षेत्रहरू तुरुन्तै खाली गर्न तीन पटक चेतावनी जारी गरेको थियो । इरानमा इन्टरनेट सेवा अझै पनि अवरुद्ध छ, जसका कारण स्थानीय मानिसहरूलाई चेतावनीको बारेमा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ ।
‘हामी किन यति ढिलोसम्म जागा बस्नु पर्छ, किन यति धेरै तनाव सहनु पर्छ, हामीलाई के हुनेवाला छ भनेर हेर्नको लागि? म स्तब्ध छु। अब म सुन्ने हरेक आवाजबाट डराउँछु ।’ अर्का बासिन्दाले बीबीसीलाई भने । रिपोर्टहरूका अनुसार इरानको सरकारी टिभीले देशका केही भागहरू आज राति जुन १३ पछिको सबैभन्दा तीव्र हवाई आक्रमणबाट प्रभावित भएको बताएको छ । तेहरानका केही बासिन्दाहरूले बीबीसीलाई बिहान ४ बजेतिर विस्फोटको आवाज बन्द भएको बताएका थिए ।
इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर इजरायली आक्रमण रोक्नको लागि समयसीमा बिहान ४ बजे तोकिएको भनेका थिए । उनले बिहान ४ बजेसम्म इजरायली आक्रमणको प्रतिक्रिया दिएकोमा सशस्त्र सेनालाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० असार २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
पाकिस्तानमा सैन्य गाडीमा आत्मघाती बम हमला, १३ सैनिकको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला