प्रेम सुवालले खोजे संसदमा प्रधानमन्त्री

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, १२ : ३५
प्रेम सुवालले खोजे संसदमा प्रधानमन्त्री

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एव उपराष्ट्रपतिको कार्यालयलगायत अन्य मन्त्रालयका लागि विनियोजित विधेयकमाथि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस