क्रान्तिकारी पत्रकार सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह

विहीबार, ०६ मंसिर २०७५, १९ : ०९
क्रान्तिकारी पत्रकार सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह

काठमाडौँ ।  क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो सङ्गठनबारे गलत प्रचार नगर्न सबैमा आग्रह गरेको छ । 

सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सङ्गठनका नाममा केही व्यक्तिले सङ्गठनलाई बदनाम गराउन खोजेको भन्दै त्यस्ता गतिविधि नगर्न सबैमा आग्रह गर्नुभएको हो । 

“यसअघि पार्टी र सङ्गठनका कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका जन्मदेव जैसी र बाबुराम भुषाल लगायतले आफूहरुलाई पार्टी निकट र सङ्गठनको मान्छे भन्दै विभिन्न ठाउँमा पुगेको र गलत प्रसार गर्ने गरेको हुँदा सबैलाई सचेत रहन अनुरोध छ”, विज्ञप्तीमा भनिएको छ । 

आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस सङ्गठनलाई बदनाम गर्न केही अराजक व्यक्तिहरु निरन्तर लागिरहेको सङ्गठनले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस