धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो ।
प्रहरीको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं. ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं. १ का ४२ वर्षीय रमेश साउद र ३५ वर्षीय पुष्प बिष्ट, वडा नं. ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं. ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं. ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं. ८ का ४२ वर्षीय भरत बिक, वडा नं. १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं. ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं. १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं. ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ