पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन् ।
उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनसहितका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन् ।
उनीहरूबिच फेसबुकमार्फत ३ वर्षअघिदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिप सिंहले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ । कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ