रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा गएराति आफ्नै खेतमा पानी तान्ने मेसिनबाट करेन्ट लाग्दा रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको मृत्यु भएको हो ।
उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादवले जानकारी दिए । शुक्रबार राति आफ्नै खेतमा पानी तान्न उनले विद्युत् पोलबाट तार जडान गर्ने प्रयास गर्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु