कांग्रेस र राप्रपाका नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

विहीबार, ०६ मंसिर २०७५, १६ : ४४
कांग्रेस र राप्रपाका नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

 चितवन । नेपाली कांग्रेस र राप्रपाका नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्तालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पार्टी प्रवेश गराएका हुन् । प्रचण्डले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरे ।

सो अवसरमा प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताए । 
नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस