काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे। माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताए।
उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’
रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप लगाए। रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय