काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे। माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताए।
उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’
रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप लगाए। रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो