काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद ज्वालाले इजरायल र इरानबीच युद्ध चर्किँदै गएकाले क्षति हुनुअघि नै नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘इजरायल र इरानबीच युद्ध चर्किएको छ । इजरायलमा केयर गिभर, कृषि फार्ममा काम गर्ने कामदार र विद्यार्थी गरी पाँचदेखि सात हजार नेपाली छन् । इरानमा पनि एक दर्जन जति नेपाली छन्,’ सांसद ज्वालाले भने, ‘उनीहरूको जीवन रक्षाको लागि सरकारले तत्काल कूटनीतिक र अन्य आवश्यक पहल गरोस् ।’
क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ नहुने भन्दै उनले यसअघि इजरायलमै हमासको आक्रमणमा नेपालीको मृत्यु भएको प्रसंग स्मरण गरे । ‘क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ हुँदैन सभामुख महोदय । यसअघि पनि इजरायलमा मारिएका विद्यार्थीहरूको पीडाको घाउ आलै छ । अहिलेसम्म उद्धार हुन नसकेका विपिन जोशीको उद्धारका लागि सरकारले अझै पहल गरोस् । विपिनहरूको नियति अन्य कुनै पनि नेपालीले भोग्नु नपरोस् ।’
उनले युक्रेन–रुस युद्धमा ७३ नेपाली मारिइसकेको, तीन सय बेपत्ता रहेको बताए । यद्यपि रुसी सेनामा भर्ती भएका, मारिएका र बेपत्ता भएकाको यकिन तथ्यांक सरकारसँग पनि नभएको उनको भनाइ छ ।
पछिल्लो पटक मृत्युको पुष्टि भएका नेपाली आफ्नै गृह जिल्ला सल्यानका ताराप्रकाश घर्ती रहेको भन्दै सांसद ज्वालाले सल्यानका सन्तोष विष्टलगायत अहिलेसम्म बेपत्ता रहेको बताए ।
उनले अवैध रूपमा रुसी सेनामा पठाइएका नेपालीलाई कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने