काठमाडौं । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्रि जनाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए । कानुनमन्त्रीले न्याय प्रभावित पार्न न्यायाधीशलाई फोन गरेको उनको आरोप थियो ।
सांसद सिंहलाई सभामुख घिमिरेले नाम नलिएर आफ्ना अभिव्यक्ति राख्न आग्रह समेत गरेका थिए । त्यसको केहीबेरपछि कांग्रेसकी सचेतक सुशीला थिङले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा कांग्रेसको आपत्ति जनाइन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २३ अनुसार संसद्मा असम्बन्धित विषय राख्न नपाइने भन्दै उनले नियमापत्ति गर्न चाहेको बताइन् ।
‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानूनमन्त्रीको कल डिटेलको कुरा सम्बद्धता भएन । त्यो रेकर्डबाट हटाइयोस्’ सचेतक थिङले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा