काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक अन्य शक्तिहरूसँग संवाद गर्ने भएको छ । पार्टी सचिवालय बैठक बसेर सहकार्यका लागि संवाद कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको बैठकले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूसँग सहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । ती शक्तिहरूलाई एक ठाउँमा ल्याउनका लागि नेतृत्वदायी भूमिकाले खेल्ने बताइएको छ ।
‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य-संवाद कार्यदल’ गठन गर्ने’ रास्वपाको निर्णयमा भनिएको छ ।
बैठकले पार्टीको पहिलो महाधिवेशन सफल बनाउन सातै प्रदेश केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने