काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताएका छन् ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवर्द्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताए ।
यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बिचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशीलता विकास गर्नु नेपालको लागि चुनौतीपूर्ण विषय बनेको समेत बताए ।
उनले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्न आवश्यक रहेको बताए । यसका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधीकरण, भौतिक सम्पति संरक्षण र प्रवर्द्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको उल्लेख गरे ।
उपप्रधानमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुधारका लागि पहल जारी गरिरहेको छ: उपप्रधानमन्त्री पौडेल
पर्यटन क्षेत्रका समस्याको दिगो समाधान खोज्नेछौं : उपप्रधानमन्त्री पौडेल