काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली पीडित खडा गरेर विभिन्न ठाउँमा उजुरी दिन सुझाव दिएको स्वीकार गरेकी छन्। रास्वपाको कार्यालयमा सांसद श्रेष्ठको डिजाइनमा गृहमन्त्री लेखकविरुद्ध नक्कली पीडित खडा गरेर विभिन्न ठाउँमा दिने लगाएको खुलासा भएपछि उनी अत्तालिएको देखिन्छ ।
बुधबार विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठले जेठ २६ गते मनोज गुरुङ, श्रीमान गुरुङ र मनोज गुरुङलाई भेटेर गृहमन्त्री विरुद्ध उजुरी दिन लगाएको स्वीकार गरेकी छन् । ‘नेपालबाट विभिन्न देश पठाइदिन्छु भनी पैसा लिएको तर नपठाएर ठगीमा परेका केही व्यक्तिको समस्या सुनेँ र त्यसैको आधारमा कानूनी उपचारतर्फ जान सुझाव दिएकी थिएँ। त्यस लगत्तै आफू संसद भवन लागेँ। तर त्यसपछि उहाँहरूलाई अख्तियारमा उजुरी दिन सुझाइएको, उजुरी पत्र पार्टी कार्यालयमै लेखाइएको र गृह मन्त्री रमेश लेखकको समेत नाम लेख्न लगाएको कुरा सामाजिक सञ्जालमा आए पछि थाहा पाएँ,’ श्रेष्ठको विज्ञप्तिमा उल्लेख छ । तर, जेठ २६ मा रास्वपा कार्यालयमा तयार पारेर अख्तियारमा दर्ता गर्न लगाइएको उजुरीमा एक वर्षअघि ठगिएका युवाहरुले सांसद श्रेष्ठले गृहमन्त्री लेखक नाम लेख्न लगाएको बताएका छन् ।
जेठ १४ गते संसदभवन बाहिर सञ्चारकर्मीसँग पनि श्रेष्ठले देशभरबाट गृहमन्त्री लेखकविरुद्ध उजुरी दिन अभियान चलाउने अभिव्यक्ति दिएकी थिइन् । ७७ वटै जिल्लामा गृहमन्त्री लेखकविरुद्ध उजुरी दिन आह्वान गरेकी श्रेष्ठले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्नता नभेटेपछि पार्टी कार्यालयमा नक्कली पीडित खडा गरेर कीर्ते उजुरी तयार गरेकोमा छानविन गर्ने अवस्था आएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्नता नभेटिएपछि रास्वपाका नेताहरु नक्कली पीडित खडा गरी कीर्ते धन्दामा लागेको खुलेको हो ।
आफ्नो कीर्ते धन्दाको पर्दाफास भएपछि रास्वपा तिल्मिलाएको छ । बुधबार रास्वपाका सह प्रवक्ता मनीष झाले पनि विज्ञप्ति जारी गर्दै आफूहरुको कीर्ते धन्दाको बचाउ गरेका थिए । आफूहरुको कीर्ते धन्दाको चौतर्फी आलोचना भएपछि रास्वपाले छानविन गर्न कार्यदल नै बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो