काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले नीति तथा विचार प्रमुखमा डा स्वर्णिम वाग्ले मनोनयन भएका छन् भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् ।
त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमले पाएका छन् । यसअघि पार्टी उपसभापति समेत रहेका वाग्ले अर्थ विभाग प्रमुख रहेका थिए । रास्वपाले ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई मनोनीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने