काठमाडौँ । सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु