काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरानबीचको सैन्य तनाब चुलिँदै गएपछि जी-सेभेन सम्मेलन निर्धारित समयभन्दा एक दिनअघि नै छाडेका छन् । क्यानडामा आयोजित सम्मेलनमा सहभागी भइरहेका विश्व नेताहरूले विविध अन्तर्राष्ट्रिय संकट समाधान गर्न छलफल गरिरहेका बेला ट्रम्प आकस्मिक रूपमा फर्किएका हुन्।
ट्रम्पले तेहरान ‘तत्काल खाली गर्नुपर्ने’ घोषणा गर्दै इरानस्थित अमेरिकी नागरिक तथा अन्यलाई सतर्क रहन अनुरोध गरेका छन् । ट्रम्पले इरान–इजरायलबीचको संघर्ष अन्त्य गर्ने सम्भावनाबारे समेत प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी युद्धविरामभन्दा पनि राम्रो समाधानतर्फ अगाडि बढ्दैछौं ।’
इजरायलले चार दिनअघि इरानमाथि हवाई आक्रमण शुरू गरेको थियो, जसले पछिल्ला दिनमा क्षेत्रीय तनाबलाई थप जटिल बनाएको छ । संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय निकायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट समाधान खोज्न आह्वान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्कसँग टकरावपछि टेस्ला कार बेच्दै ट्रम्प