नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा सवारी आवागमन बन्द गरिएको छ ।
गए राति (असार २)देखिको वर्षासँगै खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
उक्त स्थानमा एक्साभेटर र टिपर प्रयोग गरी काम गरिँदै छ । केही घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा ल्याइने सडक डिभिजनले जानकारी गराएको छ ।
त्यस स्थानमा बाढीले डाइभर्सन बगाउँदा पटक–पटक बाटो अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोरन्डी खोलाको डाइभर्सन बाढीले बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज