काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ। संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्।
शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन अनुरोध छ।'
शाहीले आज पनि आइतबारकै शैलीमा बैठक सञ्चालन गरिए पार्टीले बहिस्कार गर्ने रातोपाटीलाई बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने