काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ। संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्।
शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन अनुरोध छ।'
शाहीले आज पनि आइतबारकै शैलीमा बैठक सञ्चालन गरिए पार्टीले बहिस्कार गर्ने रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा