वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिए । ‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ’,’ उनले भने, ‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’
कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।
यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
भन्सार दरको तह घटाइयो, ११ तहको भन्सार दर ७ तहमा सीमित
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन