काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ : शेखर कोइराला

बुधबार, ०५ मंसिर २०७५, १९ : १५
काङ्ग्रेसले पार्टीभित्र परिवर्तन खोजेको छ : शेखर कोइराला

भक्तपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताउनुभएको छ । 
यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उहाँले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको मितिबाट महासमिति बैठक स¥यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताउनुभयो । 

कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर जान नहुने सुझाव दिँदै सरकारले जे ग¥यो त्यो कानून हो भन्ने बुझाइ त्याग्न आग्रह गर्नुभयो । कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य एवंपूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्नुुपर्नेमा जोड दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस