काठमाडौं । अखिल (क्रान्तिकारी)ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल(क्रान्तिकारी) र नेकपा(मसाल) निकट अखिल(छैटौं)सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए । संविधान र कानुन विपरित शिक्षालाई व्यापारिकरण गरिएको बताउँदै श्रेष्ठले भने,“सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।”
संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे ।
कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए । कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी