शिक्षा क्षेत्रमा व्यापारिकरण हुने खतरा बढ्दो छ: प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १७ : ०६
शिक्षा क्षेत्रमा व्यापारिकरण हुने खतरा बढ्दो छ: प्रचण्ड

फाईल तस्विर

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा व्यापारिकरण हुने खतरा बढेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका २५ शुक्रनगरस्थित राष्ट्रिय मावि शोशीको स्वर्ण जयन्ती समापन समारोहमा बोल्दै प्रचण्डले शिक्षा क्षेत्रमा देखिको व्यवसायिकरण, व्यपारीकरण र नीजिकरणले सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको बताउनु भयो ।
सामुदायिक विद्यालयहरु विस्तारै सुक्दै जाने अवस्था आएको छ ,उहाँले भन्नुभयो,‘एक अर्कालाई मर्ज गर्नुपर्ने,विस्तारै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नीजिकरणलाई विस्तारै नियमन गर्दै सामुदायिक विद्यालयतर्फ आर्कषण बढाउन व्यवसाहिक र प्राविधिक शिक्षालाई जोड दिदै जानुपर्छ ।’
सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा सुधारका साथै भौतिक पूर्वाधारमा समेत ध्यान पुर्‍याउनु पर्ने भन्दै प्रचण्डले विद्यालयमा आवश्यक शिक्षक दरबन्दीबारे पहल गर्ने र भौतिक निर्माणका लागि तत्कालका लागि संसद विकास कोषबाट तत्कालका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

 

प्रतिक्रिया दिनुहोस