काठमाडौँ । संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सुरजकुमार दुराको बढुवा भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति बैठकले दुरालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले सचिव पदका लागि सुरजकुमार दुरा, मनोजकुमार गिरी र हृदयराम महर्जनको नाम सिफारिस गरेको थियो। सो सिफारिस दुई दिनअघि गरिएको थियो।
सचिवालयका तत्कालीन सचिव सुदर्शन खड्काले राजीनामा दिएपछि सचिवालयमा एक सचिव पद रिक्त थियो। उक्त रिक्त पदमा दुराको बढुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् सचिवालयका ट्रेड युनियन खारेज
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
संसद् सचिवालयद्वारा प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध