भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु भएको छ।
भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो।
गम्भीर घाइते उनलाई बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
प्रहरीले यो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु