भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु भएको छ।
भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो।
गम्भीर घाइते उनलाई बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
प्रहरीले यो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु