धनकुटा । मासु खाँदा हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुले सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो।
उनको उपचारको क्रममा गयराती ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु