काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।
शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संसदीय सुनुवाइ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा बस्नेछ । बैठकमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषदका सदस्यको संसदीय सुनुवाइ सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार