स्रोत नखुलेको १८ लाखसहित दुई जना प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, १९ : ०७
स्रोत नखुलेको १८ लाखसहित दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । भन्सार चेकजाँच स्थलबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका-२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरूको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ l 

प्रतिक्रिया दिनुहोस