काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए । त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे । ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने ।
बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन् । सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरूको बैठक जारी
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
विपक्षी दलहरूको बैठक जारी