यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, ०७ : ४४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ४५ पैसा र बिक्रीदर १५९ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६७ पैसा र बिक्रीदर १८६ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ २५ पैसा र बिक्रीदर १६८ रुपियाँ ९९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०३ पैसा र बिक्रीदर ८९ रुपियाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २६ पैसा र बिक्रीदर १०० रुपियाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८७ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस