काठमाडौँ । नेकपा माओवादी केन्द्रले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ । गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । जेठ १९ गते पार्टीका केन्द्रीय सदस्यहरूलाई माओवादी केन्द्रले पठाएको सर्कुलरमा पार्टी एकीकरण या समायोजनसम्बन्धी व्यवस्था निष्क्रिय बनाउने निर्णय गरेको छ ।
२०८० फागुनमा काठमाडौँमा भएको माओवादी केन्द्रको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य सङ्ख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान गरेको थियो ।
माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन् । त्यसो हुँदा ४० जना भन्दा धेरैलाई केन्द्रीय कमिटीमा ल्याउन संभव थिएन । तर माओवादी केन्द्रले विधानको यो प्रावधान निष्क्रिय पारेपछि अब माओवादीमा जति पनि केन्द्रीय सदस्य थपिन सक्छन् ।
माओवादीले पटक–पटक थपेका केन्द्रीय सदस्यको विवरण उसले वेवसाइटमा अद्यावधिक गरेको पनि छैन । त्यसैले अहिले माओवादीका केन्द्रीय सदस्य कति छन् स्वयं माओवादीलाई पनि थाहा छैन ।
‘पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य सङ्ख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जबाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने’, पार्टी महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । तर, पार्टीको महाधिवेशनसम्मका लागि अहिलेकै कमिटी यथावत् राख्ने र महाधिवेशनमा निर्वाचनबाट केन्द्रीय सदस्य छान्ने निर्णय माओवादीले गरेको थियो ।
माओवादीको निर्णयअनुसार आगामी असारमा पार्टीको केन्द्रीय कमिटी बैठक र मंसिरमा महाधिवेशन हुने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने