काठमाडौँ । गैर आवासीय मधेसी सङ्घ कतारको छैटौँ महाधिवेशन दोहामा सम्पन्न भएको छ । गैरआवासीय मधेसी सङ्घका अन्तर्राष्ट्रिय समितिका महासचिव ई.रामदेव राईको अध्यक्षतामा भएको महाधिवेशनबाट जितेन्द्र कुमार यादवको नेतृत्वमा ३८ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको जनमत पार्टीले जनाएको छ ।
महाधिवेशनको अन्त्यमा नवगठित समितिका पदाधिकारीहरूको सपथग्रहण समारोह सम्पन्न गरिएको थियो । पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय समितिका सचिव राम सुवन यादवले सपथ गराएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनुको साथै प्रवासी सांस्कृतिक जनमत सङ्घ कतारद्वारा सांस्कृतिक प्रस्तुति दिएको थियो । सो प्रस्तुति अध्यक्ष आरपी शर्माको नेतृत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सङ्घकै अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादवको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १५ : ५०
लेखकबाट थप